शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१ हजार मूल्यको २० लाख थान नबिल डिबेन्चर २०८२ स्टक एक्सचेन्जमा सूचीकरण

मङ्गलबार, ०६ साउन २०७७, १५ : ३४
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । 

कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २०,००,००० थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । 

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप