धादिङको जवाङ खोलाको ढुङ्गाखानीमा ठूलो पहिरो खस्यो (फोटोफिचर)
मङ्गलबार, ०६ साउन २०७७, १५ : १९

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण धादिङको बेलिघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलाको ढुङ्गाखानीमा आएको बाढीपहिरोले सातवटा टिप्पर पुरेको छ ।
स्थानीय दान बहादुर गुरुङका अनुसार बाढीको कारण टिप्परसँगै पार्किङ गरिराखेको पाँवटा एक्साभेटर पनि पुरिएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।
त्यस्तै पहिरोका कारण जवाङ खोला नजिकै रहेका तीनवटा घरमा क्षति पुगेको प्र्रहरीले जनाएको छ ।
त्यस्तै राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको पुल सोमबार बाढीले बगाएको छ । पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ ।
मौवाखोलाको बाढीले धादिङ र चितवन दुवै तर्फका ५ वटा घर समेत बगाएको छ ।