शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीताले ल्याइन् तीज गीत ‘वर्ष दिन बितेको’

मङ्गलबार, ०६ साउन २०७७, १५ : ०४
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । महिलाहरुको महान चाड तीज नजिकिँदै गर्दा  अचेल दैनिक २, ४ वटा तीज गीत बजारमा भित्रिने गरेको छ । देश वा विदेश सबैतिर रहेका नेपालीहरु यस्ता गीत बनाउने गरेका छन् । यस्तैमा अष्ट्रेलियामा रहेकी गायिका सीता रसाइली विश्वकर्माले पनि तीजको एक गीत बनाएकी छन् । ‘बर्ष दिन बितेको’ बोलको उक्त गीत आकर्षक भिडियोसहित सार्वजनिक गरिएको छ । 

लोकशैलीमा निर्माण भएको गीतमा अघिल्लो तिज बितेर पनि दोस्रो तिज आएको, वर्ष दिन बितेको आफुले पत्तो नपाएको, फेरि तीजको चहल पहल बढेको, अघिल्लो वर्षमा धेरै कुराको अनुभव गरेको र अहिलेको तिजमा पनि धेरै नयाँ कुराको अनुभुव हुने कुरा गीत मार्फत गायिकाले राखेकी छन् ।

अन्जली अधिकारी, बन्दना नेपाल, उषा घिमिरे लगायतको अभिनय रहेको गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायाँकन, नविन घर्तिमगरको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप