नवलपुरमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता
नवलपुर । लगातार वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङ्टार गाउँपालिका–२ डाँडाझेरीमा घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । बुलिङ्टार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीका अनुसार पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खीनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता भएकी हुन् । स्थानीयको सक्रियतामा खोजीकार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले जानकारी दिए । पहिरोले केही चौपायासमेत पुरिएको उनले बताएकी छन् ।
घटनास्थलमा उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । यस्तै गए राति विनयी त्रिवेणी गाउँपालिका–४ मा दुम्कीबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअपलाई खहरे खोलाले बगाएको छ । मानवीय क्षति भने नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण