बाढी तथा डुबान : २ नम्बर प्रदेशमा ३८ सय प्रहरी परिचालन

काठमाडौँ । लगातारको अविरल वर्षाको कारण २ नम्बर प्रदेशका आठवटै जिल्ला प्रभावित बनेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म २१९ घर विस्थापित र ८४५ मानिसहरु प्रभावित भएका छन् ।
विपद्को जोखिमको बेला २ नम्बर प्रदेशमा झण्डै ३८ सय प्रहरी परिचालन गरिएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले ८ वटा जिल्लामा २ हजार ८१० र प्रदेश कार्यालय मातहतका ९६० गरी जम्मा ३ हजार ७७० प्रहरी परिचालन गरिएको जानकारी दिए ।
डीआईजी सिंहका अनुसार सप्तरीमा ३७०, सिरहामा ३४०, धनुषामा ३६०, महोत्तरीमा २९५, सर्लाहीमा ३८०, रौतहटमा ३९०, बारामा ३३० पर्सामा ३४५ प्रहरी परिचालन गरिएको छ । यस्तै तालिम केन्द्र, विपद् जोखिम व्यवस्थापन, दंगा र गणका ९६० प्रहरी स्ट्यान्ड वाई राखिएको सिंहले बताए ।
मंगलबार दिउँसोसम्म २ नम्बर प्रदेशमा बाढी तथा डुबानबाट कुनै पनि मानवीय क्षति भएको छैन । बाढी तथा डुबानमा परी हालसम्म २ जना वेपत्ता भएको डीआईजी सिंहले बताए । उनले भने, ‘महोत्तरी र सर्लाहीमा एक–एक जना हराइरहेका छन् ।’
यस्तै २ नम्बर प्रदेशमा बाढी तथा डुबानमा परेर दुई जना घाइते भएका छन् । साथै चारजनाको प्रहरीले उद्दार गरेको डीआईजी सिंहले रातोपाटीलाई जानकारी दिए । त्यस्तै हालसम्म २९ वटा घरहरुमा क्षति पुगेको छ ।
बाढीपहिरोजन्य क्षति कम गर्न गृह मन्त्रालयले नेपाली सेना र सशस्त्र प्रहरी पनि परिचालन गरेको छ । बाढीपहिरो तथा विपद्जन्य घटना उद्दारको लागि तालिमप्राप्त सशस्त्र प्रहरी जोखिम क्षेत्रमा खटाइएको र अन्य सुरक्षाकर्मी पनि तैनाथ अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
बाढी तथा डुबानले धनजनको क्षति हुनसक्ने भन्दै प्रभावित क्षेत्रका तराईवासीको रात अनिदो हुन थालेको छ । वर्षा नरोकिए तराईको बस्ती नै डुबानमा पर्ने खतरा छ । अझ बाग्मती नदी र सप्तकोशीमा बढेको पानीको सतहले तराईवासीहरुमा बाढीको त्रास सिर्जना भएको छ ।
गत वर्ष आएको बाढीका कारण तराईमा ३८ जना मानिसको मृत्यु भएको थियो । १ अर्बभन्दा बढीको भौतिक संरचना क्षति भएको थियो । हालसम्म देशभरमा बाढीपहिरो तथा डुबानका कारण १२४ जनाले ज्यान गुमाएको तथा ४३ जना हराइरहेको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
कांग्रेस फकाउँदै ओली, गगन–शेखरको ‘प्रेसर’ देउवालाई भारी
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’