पहिरोका कारण गोरखा-आँबुखैरेनी सडक अवरुद्ध
गोरखा । पहिरोका कारण गोरखा-आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
लगातार परेको वर्षाका कारण गोरखा–आँबुखैरेनी सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खस्दा सडक भासिएको प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ । सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ । सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।
निरन्तर पानी परिरहेकाले पहिरो हटाउनसमेत समस्या भएको उनले जानकारी दिए । पानी रोकिनेबित्तिकै पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । आइतबार पनि ठूलो पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण