पहिरोका कारण गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

गोरखा । पहिरोका कारण गोरखा-आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
लगातार परेको वर्षाका कारण गोरखा–आँबुखैरेनी सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खस्दा सडक भासिएको प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ । सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ । सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।
निरन्तर पानी परिरहेकाले पहिरो हटाउनसमेत समस्या भएको उनले जानकारी दिए । पानी रोकिनेबित्तिकै पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । आइतबार पनि ठूलो पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक