शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ गायब भए बलिउडका यी १० नायिका, एक जमानामा थिए सुपरहिट

मङ्गलबार, ०६ साउन २०७७, १४ : ०९
मङ्गलबार, ०६ साउन २०७७

बलिउडका केही सेलिब्रिटीले इन्डष्ट्रिमा लामो यात्रा तय गरिसकेका छन् भने कोही यस्ता कलाकार पनि छन् जो चर्चित त भए तर अहिले बलिउडबाट टाढै छन् । आज हामी यस्ता १० बलिउड नायिकाबारे जानकारी दिँदै छौं जो पर्दाबाट गायब भइसकेका छन् ।

मयुरी कांगोः

फिल्म ‘पापा कहते हे’ देखि घर–घरमा आफ्नो मायालु अनुहारका लागि चर्चित मयूरी कांगोले लामो समय अघि नै फिल्मबाट टाढा भइसकेकी छिन् । फिल्म र टिभीलाई अलविदा भनेपछि मयुरीले मार्केटिङ र फाइनेन्समा न्यूयोर्क युनिभर्सिटीबाट एमबीए गरेकी थिइन् । आज उनी गुगल इन्डियामा इन्डष्ट्रि हेडको रुपमा काम गरिरहेकी छिन् ।

मीनाक्षी शेषाद्रीः

८०–९० को दशककी सुन्दर अभिनेत्री मीनाक्षी शेषाद्रीले वर्षौं अघि नै फिल्मलाई बाइबाइ भनिसकेकी छन् । दामिनी, हिरो, अल्ला राखा, विजय, शहंशाह, घायल, घर हो तो जस्ता थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेपछि अन्तिम पटक उनी सन् १९९६ मा स्वामी विवेकानन्द फिल्ममा देखिएकी थिइन् । विवाह पछि उनी अमेरिकामा सेटल भइन् । उनलाई डान्सको शौख थियो जसलाई उनले अहिले पनि निरन्तरता दिएकी छिन् । उनी बच्चालाई भारतीय क्लासिकल डान्स सिकाउँछिन् ।

आयशा जुल्काः

जो जीता वही सिंकन्दरबाट लाइमलाइटमा आएकी आयशा जुल्का पनि निकै अघि फिल्ममा देखिन छोडिन् । आज उनी एक बिजनेस वुमन भइसकेकी छिन् र श्रीमन्सँग हातमा हात मिलाएर आफ्नो जिम्मेवारी निभाइरहेकी छिन् । उनी श्रीमानसँग निर्माण व्यावसाय, स्पा र आफनै क्लोदिङ लाइनजस्ता व्यापार सम्हालिरहेकी छिन् ।

किमी काटकरः

८०–९० को दशककी बोल्ड नायिका किमी कटकरले टारजन र हम जस्ता हिट फिल्मबाट चर्चा बटुलिन् । विवाहपछि उनले फिल्म खेल्न छोडिदिइन् । उनको विवाह फोटोग्राफर तर फिल्म निर्माता शान्तनु शोरेसँग भएको छ । आजकाल उनी मेलबर्न, अष्ट्रेलियामा बस्छिन् ।

अनु अग्रवालः

अनु अग्रवालले महेश भट्टको फिल्म आशिकीबाट चर्चा हासिल गरेकी थिइन् । उनलाई पछिल्लो पटक सन् १९९६ मा अन स्क्रिन देखिएको थियो । एक दुर्घटनापछि उनले फिल्मी दुनियाँलाई सदाका लागि त्यागिन् । आज उनी विहारको एक योग विश्वविद्यालयमा योगा सिकाउँछिन् ।

नीलम कोठारीः

सन् १९८७ मा रिलिज भएको घरका चिरागबाट चर्चामा आएकी निलम कोठारीले सन् २००१ सम्म फिल्ममा काम गरिन् । आज उनी पर्दामा त देखिन्नन् तर सोसल मिडियामा पक्कै पनि सक्रिय रहन्छिन् । उनले टिभी अभिनेता समिर सोनीसँग विवाह गरेकी थिइन् । अब निलम मुम्बईमा आफ्नो गहनाको शोरुम चलाउँछिन् ।

भाग्यश्रीः

सुपरहिट फिल्म मेने प्यार कियाबाट बलिउड डेब्यू गर्ने नायिका भाग्यश्री हिन्दी फिल्मबाट गायब भइसकेकी छिन् । यद्यपि, उनी क्षेत्रीय स्तरको फिल्ममा सक्रिय छिन् । हिन्दी सिनेमामा उनलाई लामो समयदेखि देखिएको छैन । उनी प्रभास–पूजा हेगडे स्टारर राधे श्याम फिल्ममा काम गर्न लागेको चर्चा छ ।

ग्रेसी सिंहः

मुन्नाभाई एमबीबीएस र लगानजस्ता फिल्ममा देखिएकी ग्रेसी सिंह पर्दाबाट गायब छिन् । उनले टिभी सिरियल जय सन्तोषी मां मा पनि काम गरेकी छिन् ।

ममता कुलकर्णीः

ममता कुलकर्णीले सन् १९९३ मा फिल्म तिरंगाबाट बलिउड डेब्यू गरिन् । उनको पहिलो फिल्म हिट भयो र उनले पनि पहिचान पाइन् । ममताले करण–अर्जुन, बाजी, आंदोलन, नसीबजस्ता हिट फिल्ममा पनि काम गरेकी छिन् । ९० को दशककी शीर्ष नायिका रहेकी ममता अब फिल्मबाट टाढा छिन् । सन् २०१३ मा ममताले विक्रम गोस्वामीसँग विवाह गरिन् ।

नेहाः

सन् १९९८ मा फिल्म ‘करिब’ बाट बलिउड डेब्यू गरेर नेहा रातारात स्टार बनेकी थिइन् । ऋतिक रोशनसँग उनको फिल्म फिजामा पनि उनलाई धेरैले याद गरे । नायक मनोज बाजपेयीसँग विवाह गरेपछि उनले निकै छिटो फिल्म छोडिन् । आज उनकी एक छोरी छिन् । नेहा आफ्नो परिवारसँग खुसी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप