एकैछिन बसेर नेकपा बैठक स्थगित, बाढी पहिरो पीडितको उद्धार र राहतमा खटिने निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए । उनका अनुसार अर्को बैठक साउन १३ गते बस्नेछ ।
बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुल समेत भत्किएको छ ।
प्रधानमन्त्री निवासमै बैठक बसेको भएपनि आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । उनी सहभागी नहुनुको कारण खुल्न सकेको छैन ।
यद्यपि स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक बसेको दावी गरे । सो बैठकमा अन्य एजेण्डालाई थाती राखेर कार्यकारी अध्यक्ष प्रचण्डले बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा पार्टी पंक्ति लाग्ने प्रस्ताव लगेका थिए । सो प्रस्तावलाई पार्टीले एकमतले पारित गरेको हो ।
नेकपाभित्रको आन्तरिक राजनीतिक विषयमा भने विवाद कायमै छ । विवादकै कारण पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै गएको हो । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण