एकैछिन बसेर नेकपा बैठक स्थगित, बाढी पहिरो पीडितको उद्धार र राहतमा खटिने निर्णय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए । उनका अनुसार अर्को बैठक साउन १३ गते बस्नेछ ।
बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुल समेत भत्किएको छ ।
प्रधानमन्त्री निवासमै बैठक बसेको भएपनि आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । उनी सहभागी नहुनुको कारण खुल्न सकेको छैन ।
यद्यपि स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक बसेको दावी गरे । सो बैठकमा अन्य एजेण्डालाई थाती राखेर कार्यकारी अध्यक्ष प्रचण्डले बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा पार्टी पंक्ति लाग्ने प्रस्ताव लगेका थिए । सो प्रस्तावलाई पार्टीले एकमतले पारित गरेको हो ।
नेकपाभित्रको आन्तरिक राजनीतिक विषयमा भने विवाद कायमै छ । विवादकै कारण पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै गएको हो । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण