रौतहटमा एक जनालाई बाढीले बगायो, विभिन्न स्थान डुवानमा

रौतहट । रौतहटको उत्तरीभेग चन्द्रपुरमा एक जनालाई बाढीले बगाएको छ । चाँदी नदीमा पौडी खेल्न गएका चन्द्रपुर नगरपालिका ३ का ५० वर्षीय शुकमानी थिङलाई मंगलबार बिहान ११ बजे बगाएको प्रहरीले जनाएको छ।
उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
पछिल्लो तीन दिनदेखिको अविरल वर्षाको कारण जिल्लाको पूर्वीभेग बागमती पश्चिम लालबकैया नदीका साथै सबै खोलाहरुमा पानीको स्तर बढ्दै गएको छ ।
लालबकैया नदीको पानी ईशनाथ नगरपालिका १ बनजरहामा पसेको छ । ईलाका प्रहरी कार्यालय बनजरहा अगाडि र गाउँमा तीन फिटसम्म पानी जमेको र पानी बढ्नेक्रम जारी रहेको प्रवक्ता श्रेष्ठले बताए ।
त्यसैगरी तरहारी खोलामा आएको बाढीले कटहरिया नगरपालिका ९ डुमरिया गाउँ छेउ मुसहरी टोल रातिदेखि डुबानमा परेको छ । मुसहरी टोलका ३५ परिवार आफन्तको घरमा बसिरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले बताए ।
त्यसैगरी झाँझ खोलाको बाढीले गरुडा छेउको एउटा वडा २० घर डुबानमा परेको छ । बागमती नदीको बाढीले राजदेबी नगरपालिका बसतपुर छेउमा र पिपरा रजवाडा नजिक कटान सुरु गरेको छ ।
त्यसैगरी लालबकैया नदीको बाढीले बौधिमाई नपा ३ र ४ वडामा तटबन्ध कटान गरिरहेको प्रहरीले जनाएको छ ।
कटान भइरहेका सबै स्थानमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मर्मत भैरहेको छ ।
वर्षाको कारण जिल्लाको १८ वटै स्थानीय तहको सडकहरुमा पानी जमेको छ भने अधिकांश धानखेती डुबानमा परेको छ। आइतबार देखि सुरुभएको अविरल वर्षा अझै तीनदिन हुने र सबै नदी खोलामा बाढी आउन सक्ने भएकाले सचेत रहन स्थनीय प्रशासनले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी