हनुमन्ते उर्लिएपछि डुब्यो राम मन्दिर
मङ्गलबार, ०६ साउन २०७७, १३ : १९

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । आइतबारदेखिदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो ।
हनुमन्तेमा बाढी उर्लिएपछि राम मन्दिर पनि डुबानमा परेको छ । खोलालाई मिचेर भौतिक संरचनाहरु निर्माण गरिन थालेपछि पछिल्लो समय भक्तपुरका विभिन्न क्षेत्र डुबानमा पर्ने गरेका छन् । जल तथा मौसम विज्ञान विभागले नसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको कारण अझै केही दिन वर्षा हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
-
२०८१ साल : राजनीतिक उथलपुथल र चर्चित सात घटना
-
वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
-
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
-
बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
-
२०८१ साल : हिन्दी फिल्मलाई ‘माथ’ दिएको वर्ष