काँग्रेस महामन्त्रीको प्रश्न - विद्या भण्डारी नेपालको कि नेकपाको राष्ट्रपति ?
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन् ।
बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं बीपी स्मृति दिवसका अवसरमा अयोजित अर्चुअल कार्यक्रममा बोल्दै डा कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए ।
उनले आम नागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको समेत बताए । डा कोइरालाले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए ।
उनले आफूहरुको समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने छलफल भइरहेको पनि स्पष्ट पारे । कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन हामी भनेर लाग्नुपर्ने उनले बताए । कोइरालाले राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सवैलाई हुने भन्दै अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इतरको पक्ष एक ठाँउ हुनुपर्ने बताए ।
उनले कांग्रेसको नेतृत्व परिवर्तनका लागि सवैले त्यागको भावना देखाउने बेला आएको पनि बताए । महाविधेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको समेत आरोप लगाए ।
कोइरालाले महाधिवेशन हुनका लागि मात्र ८ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएकाहरुले के काम गर्न सक्छन् भनि प्रश्न समेत गरे ।
कोइरालाले नेपाली कांग्रेस र मुलुक अब बीपी कोइरालाले देखाएको राजनीतिक आर्थिक तथा सामाजिक परिवर्तनको बाटोमा हिँड्न आवश्यक रहेको स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर धर्ती, बद्री पाण्डे, गगन थापाले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण