शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा स्थायी समिति बैठक २ घण्टा पछि सर्‍यो

मङ्गलबार, ०६ साउन २०७७, ११ : ३८
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । ११ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित भएको छ।
यसअघि आइतबार ११ बजे बस्ने तय भएको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको कुराकानीपछि ११ बजेको बैठक २ घण्टा पछि सारिएको बुझिएको छ ।
नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप