नवलपरासीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु
मङ्गलबार, ०६ साउन २०७७, ११ : १६

काठमाडौं – नवलपरासी (सुस्ता पूर्व)को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको ज्यान गएको छ ।
गएराति आएको पहिरोमा पुरिएर बुर्लिङटार–२ का शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पुर्व)का एसपी दिपक रेग्मीले जानकारी दिए ।
मृतक दम्पती बस्ने घर पहिरोले पुरेको छ । सुतिरहेको बेला आएको पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको र विहान दम्पती शव निकालिएको एसपी रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
-
देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली
-
नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना
-
रास्वपाकी नेतृ एमाले प्रवेश
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु