मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्ता गाउँमा बाढी पस्यो (तस्बिरहरु)

मङ्गलबार, ०६ साउन २०७७, १० : २७
मङ्गलबार, ०६ साउन २०७७

परासी । नारायणी नदीको बाढी पसेपछि सुस्ता गाउँनै डुबानमा परेको छ । नारायणी नदीमा खतराको चिन्हभन्दा २ मिटर पानी सतह बढेपछि सुस्ता गाउँमा बाढी पसेको हो ।

नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ सुस्ता गाउँमा रातिनै नदीको बाढी पसेपछि केही कच्ची घर भत्किसकेको छ गाउँको ९० प्रतिशत घरहरु डुबानमा रहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए । 
उनका अनुसार बाढीको पानी जमिनको सतह भन्दा १ मिटर माथि भएर बगिरहेकोले सशस्त्र प्रहरी क्याम्प, प्रहरी चौकी, विद्यालय सहित अधिकांश घरहरु डुबानमा परेका छन् । अग्लो ठाउँमा रहेका २५ घर बाहेक सबै घरहरु डुबानमा परिसकेको उनले बताए । सुस्तामा कुल २६५ घरधुरी रहेको छ ।

सुस्ता गाउँमा राति नै बाढी पसेकाले गाउँलेहरु त्रसित हुँदै घरको छतमाथि जागाराम भइ रात विताएको उनले बताए । अहिले बर्षा र पानी झनै बढदै गएको छ ।  बाढीका कारण खाद्यान्न लगायतका सर–सामानको जोहो गर्न एकदमै कठिनाई भैरहेको र हिँलडुल गर्न पनि समस्या भैरहेको सुस्ताबासी बताउँछन् । बाढीले घरहरु डुबानमा परेपछि सुस्ताबासीलाई खाना पकाउने र खाने समेतको समस्या उत्पन्न भएको छ  ।

नारायणी (गण्डक) नदीले घेरिएको सुस्तामा पुग्न डुंगा बाहेक एक मात्र बाटो भारतको विहारी जंगल रहेको छ । तर अहिले त्यो बाटोमा पनि बाढीको पानीले अवागमन ठप्प भएको छ । यता नदीमा पानीको उच्च बहावले डुंङ्गा पनि तार्न नमिल्ने भएकाले सुस्ताबासीहरु अलमलमा परेका छन् ।

 समयमै उद्दार गर्न सुस्ताबासीहरु सम्बन्धित निकायलाई गुहारेका छन् । सुस्ताबासीहरुको समयमै उद्दार हुन सकेन भने ठुलो धनजनको क्षति हुन सक्ने उनीहरुको भनाइ छ । 

अविरल बर्षाले नदीमा आएको बाढी सुस्ताको उत्तर तर्फबाट तटबन्ध हुन नसकेको क्षेत्रबाट गाउँमा पसेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप