विप्लव समूले ४ ठाउँमा राखेको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज
कैलाली – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले कैलालीका ४ ठाउँमा राखेका शंकास्पद बस्तु आर्मी टोलीले डिस्पोज गरेको छ ।
विप्लव समूहले कैलालीको एलएन चोक, सामाजिक बिकास मन्त्रालय , अर्थ मन्त्रालय र लम्की चुहानगरपालीका आसपास क्षेत्रमा राखेका शंकास्पद बस्तु नेपाली सेनाको टोलीले आज बिहान डिस्पोजल गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले रातोपाटीलाई जानकारी दिए ।
उतm शंकास्पद बस्तु प्रेसरकुकरमा टेपले बानेर राखेको अबस्थामा भेटिएको उनले बताए । विप्लव नेतृत्वले आप्ना नेता तथा कार्यकर्तालाई नेपाल सरकारले विनाकारण पक्राउ गर्न थालेको भन्दै सुदूरपश्चिम प्रदेशमा ६ गते बन्द गर्ने घोषण गरेको थियो ।
सरकारले १ दर्जन आप्ना नेता कार्यकर्तालाई प्रकाउ गरी झुटा मद्दा लगाई हिरासतमा राखेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव माओबादीले सो बन्दको घोषणा गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको सेती महाकाली ब्युरो कार्यालय सचिब छबिलालको हस्ताकक्षरित प्रेस विज्ञप्तिमा साउन ३ गते प्रचार प्रसार , ४ गते कोण सभा , ५ गते मशालजुलुस गर्दे ,६ गते सुदुरपश्चिम प्रदेश बन्द र ६ देखि ८ गते सम्म सरकारी साधनमा समेत संचालनमा रोक लगाउने समेत जनाइएको थियो ।
साउन १ गते प्रकाशित विज्ञप्तिमा सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन तथा महिला नेत्री पुर्णिमा धामी लाई समेतलाई झुटा मुद्दा लगाएर नेपाल सरकारले हिरासतमा राखेकोप्रति निन्दा र भतर्सना समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ