बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भ्याक्सिनः अक्सफोर्ड युनिभर्सिटीको सफलताले के फेरिएला ?

मङ्गलबार, ०६ साउन २०७७, ०८ : ४१
मङ्गलबार, ०६ साउन २०७७

कोरोनाभाइरसको भ्याक्सिन विकसित गर्नमा बेलायतको अक्सफोर्ड युनिभर्सिटीले ठूलो सफलता हात पारेको छ । युनिभर्सिटीद्वारा विकसित गरिएको एक कोरोनाभाइरस भ्याक्सिन मानिसहरुका लागि सुरक्षित पाइएको छ ।

युनिभर्सिटीले ह्युमन ट्रायलको क्रममा यो भ्याक्सिनले मानिसहरुमा कोरोनाभाइरससँग लड्ने प्रतिरोधी क्षमता विकसित भएको पाएको हो ।

कोभिड–१९ महामारीविरुद्ध संसारभरी चलिरहेको भ्याक्सिन निर्माणको कार्यमा यसलाई ठूलो सफलता भन्नु गलत हुँदैन ।

युनिभर्सिटीका अनुसार जुन व्यक्तिमा यो खोप लगाइएको थियो उनीहरुको शरीरमा कोरोनाभाइरससँग लड्ने ह्वाइट ब्लड सेल र एन्टीबडी विकसित भएको प्रमाण भेटिएको छ ।

 यद्यपि, यसले संक्रमणलाई पूर्ण रुपमा रोक्छ भनेर दाबी गर्नु हतार हुनेछ ।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिक यो नतिजाले खुसी छन् । आफूहरुले यो सफलतापछि ठूलो स्तरको ह्यूमन ट्रायल गरेर भ्याक्सिन सफल भएको पुष्टि गर्ने तयारीमा रहेको वैज्ञानिकले जानकारी दिएका छन् ।

बेलायतको सरकारले पहिले नै यो भ्याक्सिनको १० करोड डोज अर्डर गरिसकेको छ ।

यो भ्याक्सिनले कसरी काम गर्छ ?

यो भ्याक्सिनलाई (ChAdOx1 nCoV-19) नाम दिइएको छ । यसलाई तीब्र रुपमा विकसित गरिएको हो ।

यो भ्याक्सिनलाई जेनेटिकली इन्जिनियर्ड भाइरसको मद्दतले तयार गरिएको हो । यो भ्याक्सिन लगाएपछि चिम्पान्जीमा सामान्य रुघाखोकी देखिएको थियो ।

मानिसहरुमा संक्रमण नदेखियोस् भनेर यो भाइरसलाई अत्यधिक मोडिफाई गरिएको छ र यो निकै हदसम्म कोरोनाभाइरससँग मिल्दोजुल्दो छ ।

यो भ्याक्सिन हेर्दा कोरोनाभाइरस जस्तै देखिन्छ र भ्याक्सिन लगाएपछि यसले प्रतिरोधी क्षमतालाई हमला गर्न सिकाउन सक्छ ।

एन्टीबडी र टी कोसिका के हुन् ?

कोरोनाभाइरसको विषयमा अहिलेसम्म एन्टीबडी तयार पार्न मात्रै ध्यान दिइएको छ तर यो हाम्रो प्रतिरोधी क्षमताको एउटा हिस्सा मात्रै हो ।

एन्टीबडी हाम्रो इम्युन सिस्टमद्वारा तयार गरिएको स–साना प्रोटिन हुन् जुन भाइरसको सतहमा टाँस्सिएर बस्छन् ।

एन्टीबडीले कोरोनाभाइरसलाई निष्क्रिय पार्न सक्छ ।

टी सेल, हाम्रो सेतो रक्त कोसिकाको एउटा प्रकार हो जसले इम्युन सिस्टमलाई मद्दत पुर्याउँछ । यसबाहेक यसले शरीरको कुन कोसिका संक्रमित भइरहेको छ भनेर पत्ता लगाउँछ र त्यसलाई नष्ट गर्छ ।

सबै प्रभावकारी भ्याक्सिन एन्टिबडी तयार गर्नुका साथै टी–सेल रेस्पोन्समा पनि उत्कृष्ट काम गर्छ ।

भ्याक्सिन लगाएको १४ दिनपछि नै टी–सेलको स्तर आफ्नो उच्चतम बिन्दुमा पुग्छ, जबकी एन्टीबडी २८ दिनमा आफ्नो उच्चतम बिन्दुमा पुग्छ । लामो समयसम्म इम्युनिटीको विषयमा यो भ्याक्सिनको असरबारे अहिले अध्ययन हुन सकेको छैन ।

के यो सुरक्षित छ ?

यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित छ तर यसका साइड इफेक्ट पनि छन् ।

यद्यपि, कुनै पनि साइड इफेक्ट हानिकारक भने छैनन् । तर भ्याक्सिन लगाइएका ७० प्रतिशत व्यक्तिहरुलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको छ ।

अनुसन्धानकर्ताले यो समस्यालाई प्यारासिटामोलले हटाउन सकिने बताएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक गिलबर्ट भन्छन्, ‘यो भ्याक्सिन कोभिड–१९ का लागि प्रभावकारी छ भनेर दाबी गर्नुअघि धेरै कुरा गर्न बाँकी छ । तर यो भ्याक्सिनको सुरुवाती परिणाम निकै उत्साहजनक छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप