धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
मङ्गलबार, ०६ साउन २०७७, ०७ : ३०
काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।
पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तिनजनाको शव फेला परेको एसपी रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण