अन्ततः नजिकिँदै ओली–प्रचण्ड

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् ।
बैठकमा सहभागीहरूले अध्यक्ष ओलीले मंसिरमा प्रस्ताव गरेको महाधिवेशनलाई भने समर्थन गर्न नसकिने स्पष्ट पारेका थिए । सहभागीहरूले अध्यक्ष प्रचण्डसँगको छलफलमा मंसिरमा पार्टीको एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकाल्दै अर्का अध्यक्ष ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएको सहभागी एक नेताले बताए ।
‘हिजो पार्टी एकता गर्दा अध्यक्ष ओलीसँग मिलेरै गरिएको हो, पार्टी एकता जोगाउँदै सामूहिक निर्णयकै आधारमा अगाडि बढ्ने हो,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘माधवसहितका नेताहरूसँग मिलेर विधि, पद्धतिअनुसार पार्टी र सरकारको काम अगाडि बढाउन खोजिएको मात्रै हो ।’
छलफलमा प्रचण्डले मुद्दा र विषयका आधारमा पार्टीभित्रका नेताहरूसँग मिलेर अगाडि बढ्ने प्रयास भइरहेको बताउँदै पार्टी एकता जोगाउन र एकताको बाँकी काम टुंगो लगाउन छलफल जारी राखिएको बताएका थिए । मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा आफ्नो समर्थन नभएको प्रस्टीकरण दाहालले पुनः दोहो(याएका थिए ।
प्रचण्डले ओलीले मंसिरमा महाधिवेशन गर्ने र बहुदलीय जनवादलाई मानेर अघि बढेमा एकल अध्यक्ष बनाउने प्रस्ताव आफूलाई राखेको भए पनि सो प्रस्ताव पनि आफूलाई अमान्य भएको बताएका थिए ।
नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहित केही स्थायी कमिटीका सदस्यहरूसँग आइतबार छलफल गरेका दाहालले सोमबार पूर्वमाओवादीका नेतासँग छलफल गर्दै अब स्थायी कमिटी बैठकलाई सुचारु गरिने बताए ।
छलफलमा सहभागी नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मातृकाप्रसाद यादवबाहेकका नेताहरूले ओलीसँग मिलेर अगाडि बढ्ने सुझाव दाहाललाई दिएका थिए । दाहालले समेत अन्तिम समझदारी ओलीसँगै गर्नुपर्ने भएकाले आफ्नो प्रयास त्यसतर्फ पनि जारी नै रहेको जवाफ दिएका छन् ।
‘दुई अध्यक्ष मिलेर पार्टी एकता भएको हो, नमिल्दा अप्ठयारो पनि सुरु भएको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘पार्टी र सकारको काम अगाडि बढाउन दुई अध्यक्ष मिल्नुको विकल्प पनि छैन ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकार
-
दैनिक उपभोग्य सामाग्रीको भन्सार महसुल घटाउन माग
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार