शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि, सबै ढोका खोलिए

सोमबार, ०५ साउन २०७७, २२ : ५०
सोमबार, ०५ साउन २०७७

नवलपरासी पूर्व ।  पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नारायणी नदीमा पानीको बहाव उच्च भएसँगै ब्यारेजका सबै ढोका खोलिएको हो ।

ब्यारेजमा ३६ वटा ढोका रहेका छन् । नदीमा पानीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको जनाइएको छ । सोमबार बेलुका ब्यारेजमा यो वर्षको सबैभन्दा बढी तीन लाख १५ हजार क्यूसेक पानी प्रवाह भइरहेको जनाइएको छ । जबकि ३ लाख प्रतिक्यूसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने गरिन्छ । 

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेज वपिरिका स्थानीयलाई सजगता अपनाउन आग्रह गरेको छ । त्यस्तै तटीय क्षेत्रमा सम्भावित विपतलाई मध्यनजर गर्दै उद्धारका लागि सुरक्षाकर्मीलाई अलर्टमा राखिएको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप