अब निर्यात–आयात संकेत नम्बर अनलाइनबाटै नवीकरण हुने

काठमाडौं । भन्सारको कामका लागि भन्सार कार्यालय वा बैंकसम्म धाउनुपर्ने बाध्यता हटेको छ । भन्सार विभागले स्वचालित एक्जिम कोड (निर्यात–आयात संकेत नम्बर) प्रणाली लागु गरेसँगै एक्जिम कोडको नवीकरण तथा नयाँ दर्ताको लागि भन्सार कार्यालयसम्म धाउनु नपर्ने भएको हो । विभागले सोमबार उक्त प्रणालीको औपचारिक सुरुवात गरेको हो ।
हाल ३० हजार भन्दा बढीले यस्तो कोड नम्बर प्राप्त गरेका छन् । जसको प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । अब त्यसरी नवीकरण गर्दा शुल्क बुझाउन बैंकसँग जानु पनि पर्दैन नवीकरण र करचुक्ताका लागि कार्यालयमा जानु समेत पर्दैन ।
विभागले सबै सेवाग्रहीलाई एक्जिम कोडको नवीकरण गर्न युजरनेम र पासवर्ड उपलब्ध गराएको छ । सो युजरनेम र पासवर्डलाई प्रयोग गरेर आफ्नो कोर्ड पोर्टलमा प्रवेश गरी अनलाइनमार्फत् विवरण भर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । कोड नवीकरणको लागि दस्तुर भने नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएसमार्फत् भुक्तानी गर्न सकिने जनाइएको छ ।
स्वचालित प्रणाली लागु भएपछि भन्सार र आन्तरिक राजश्व विभागको सूचना प्रणाली एक आपसमा जोडिएका छन् । यसअघि सेवाग्रहाीले पेश गरेको करचुक्ताको प्रमाणपत्रमा भर पर्नुपर्नेमा एकआपसमा सूचना प्रवाह गर्नसक्ने प्रणाली बनेको हो । यो प्रणालीपछि सेवाग्राहीले तिरेको भन्सार रावश्वको विवरण आन्तरिक राजश्व विभागलाई थाहा हुनेछ । आन्तरिक राजश्व कार्यालयलाई तिरेको करको विवरण भन्सारलाई थाहा हुनेछ ।
यो प्रणालीले भन्सार कार्यालयको भीडभाड कम हुने र थोरै कर्मचारीबाट कार्यसम्पादन हुने भएकोले यसले सरकारी खर्च कटौतीमा समेत योगदान गर्ने दाबी विभागको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
-
प्रतिनिधिसभा बैठक सुरु
-
अन्तिम कन्सर्टअघि १९७४ एडीका सदस्यहरूले विश्व शान्तिको कामना गर्दै उडाए परेवा
-
पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
-
अमेरिकामा विमान दुघर्टना, उड्ने बित्तिकै घरमाथि खस्यो
-
पूर्वराजा ज्ञानेन्द्रबारे रास्वपाका दुई निष्कर्ष