बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका सोफियालाई तीजको गीत हटाउन धम्की

सोमबार, ०५ साउन २०७७, १९ : ५१
सोमबार, ०५ साउन २०७७

काठमाडौं । ‘अबको तीज नो ब्रत प्लिज’ की गायिका सोफिया थापालाई गीतका कारण धम्की आएको छ । उनलाई तुरुन्त गीत हटाउन आदेशसहित हिन्दु जागरण नेपालबाट राधाकृष्ण उपाध्यायले धम्की दिएका हुन् । 
उपाध्यायले गीतका कारण कानूनी कारवाही सहितको धम्की आफुलाई दिएको गायिका थापाले बताएकी छन् ।

‘यो गीतले हिन्दु धर्मको आस्थाप्रति बिचलन ल्याउँछ । त्यो तुरुन्तै हटाउनुस् । नत्र कानुकी कारवाहीमा जान्छौ’ धम्की सुनाउँदै गायिका सोफियाले भनिन् ‘मलाई मात्र होइन युट्युव च्यानल हाइलाइट नेपाललाई पनि यस्तै धम्की दिइएको छ ।’
हिन्दू नारीहरुको महान चाड तीजमा भोकै ब्रत बस्ने, श्रीमान्को खुट्टाको पानी खाने लगायतको परम्पराको विरोध गर्दै गायिकाले सोफियाले गीतमार्फत यो परम्परा हटाउन भनेकी छन् । वर्षाैदेखि चल्दै आएको परम्परा विरोधी गीत बनाइएको भन्दै हिन्दु जागरण नेपालले गीत हटाउन प्रेसर दिएको हो ।

धार्मिक परम्परामा रुढीवादी प्रचलन छन् । त्यसलाई संशोधन र परिस्कृत गरेर अगाडि जानुपर्छ भन्दै आफुले उक्त गीत बनाएको बताएकी सोफियाले पानी समेत नखाई बस्ने ब्रतले श्रीमान्को आयु लामो नहुने तर्क गीतमा राखेकी छन् ।
‘खुट्टाको पानी खाएर हामी समानताको नारालाई सार्थक तुल्याउन सक्दैनौ’ उनले अगाडि थपिन्, ‘यस्ता प्रचलन संशोधन गर्नुपर्छ ।’

तीजको ब्रत आफु पनि बस्ने गरेको बताएकी सोफियाले आफुले गीतमा बिकृति विसंगतिको विरोध गरेर गलत नगरेको भन्दै  धम्की आउदैंमा गीत नहट्ने जानकारी दिइन् ।  सोफियाको गीत ‘अबको तीज नो ब्रत प्लिज’ मा तीजको ब्रतको नाममा भोकै बस्ने, श्रीमान्को खुट्टाको पानी खानेलगायतका चलनको विरोध गरिएको छ । 

शब्द, संगीत र स्वर समेत उनकै रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिशा गौतम, बबिता धिताल, प्रियंका थापा, शारदा थापा, रजनी केसी लगायतको अभिनय देख्न सकिन्छ । मनिष पन्थको निर्देशन रहेको भिडियोमा मनिषकै छायाँकन, सम्पादन छ भने कोरियोग्राफी लोकेन्द्र शाहले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप