इरान वार्ता गर्न तयार

एजेन्सी । तेहरानले आफ्ना छिमेकी तथा अरब क्षेत्रका मुलुकहरूसँगको मतभिन्नतालाई वार्ताद्वारा समाधान खोज्न तयार रहेको इरानी अधिकारीले बताएका छन् । इरानले मतभिन्नतालाई सुल्झाउन खाडी मुलुकहरूसँगको वार्ताका लागि तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीलाई उद्धृत गरी तास्निम समाचार संस्थाले सोमबार समाचार सम्प्रेषण गरेको छ ।
इरान साउदी अरबलगायत सबै क्षेत्रीय देशहरूसँग वार्ता तथा सहयोगका लागि सदैव तयार रहेको प्रवक्ता मौसवीले आइतबार आफ्नो इराक भ्रमणका क्रममा परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफसँथ बताए । “इरानले सधै अरब क्षेत्रको स्थायित्व, सुरक्षा र शान्ति चाहन्छ र यस क्षेत्रको आर्थिक समृद्धि, सुरक्षा बहाली र राजनीतिक तथा सामाजिक स्थायित्वका लागि वार्ता नै उत्तम विकल्प रहेको छ,” मौसवीले भने ।
बग्दाद भ्रमणका क्रममा जरीफले इराकी राष्ट्रपति बाहहम सलिह, प्रधानमन्त्री मुस्तफा अल कादिमी, परराष्ट्रमन्त्री फुआद हुसेनलगायत अन्य वरिष्ठ राजनीतिक अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । ती भेटहरूमा जरीफले क्षेत्रीय राज्यहरूबीच अन्तरक्रिया, सहकार्य गर्ने र छिमेकी इराकको साथ वृहत्तर सम्बन्धविस्तार गर्नेमा जोड दिनुभएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?
-
पाकिस्तानका रक्षामन्त्रीको एक्स खाता भारतमा ब्लक
-
भारतीय चलचित्रबाट निकालिइन् पाकिस्तानी अभिनेत्री हानिया