शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोेद्वारा ए सिरिजको ए३१ सार्वजनिक, आइओटी उत्पादनअन्तर्गत एन्को डब्ल्यू ११, एम ३१ र डब्ल्यू ३१ पनि उपलब्ध

सोमबार, ०५ साउन २०७७, १७ : ४६
सोमबार, ०५ साउन २०७७

काठमाडौं । ओपोले नेपालमा ओपो ए३१ स्मार्टफोन सार्वजनिक गरेको छ । ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा सार्वजनिक गरिएको छ । 

७२०×१६०० पिक्सेल सहितको ६.५ इन्च वाटरड्रप डिस्प्ले र ८९% स्क्रिन रेसियो सहितको यस फोनले उच्च गुणस्तरिय दृश्यानुभव प्रदान गर्छ । स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए३१मा गोरिल्ला ग्लास थ्रीको ब्यवस्था पनि गरेको छ । यसमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्ल्यू लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्छ । 

एकै हातले फोनको सहज प्रयोग गर्न सकियोस भन्ने सोचका साथ यसको मोटाइ ८.३एमएम हुनेगरी डिजाइन गरिएको छ । ओपो ए३१को पछिल्तिर तीन ओटा लेन्सको ब्यवस्था गरिएको छ । कम प्रकाश भएका स्थान पनि उत्कृष्ट तस्विर खिच्न सकियोस् भन्ने सोचका साथ फोनको प्रमुख क्यामेरामा १२एमपी सेन्सर र एफ÷१.८ एपर्चरको ब्यवस्था गरिएको छ । 

यसमा रहेको २एमपी माक्रो लेन्सले थप जुम गरी विहानीको शित, फूलेको फूल लगायत साना चिजको आकर्षक तथा ठूलो आकारमा तस्विर लिन सकिन्छ । यी दुईका साथमा २एमपी डेफ्ट सेन्सरको पनि फोनमा उपलब्ध गरिएको छ । यसमा रहेको ८एमपी एफ/२.० फ्रण्ट एआई ब्यूटिफिकेसन क्यामेराले अझ प्राकृतिक, सुन्दर सेल्फी खिच्न सघाउँछ ।

सार्वजनिक ओपोको नयाँ ए सिरिजमा १ सय २८ जीबी रोम उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्मको  माइक्रो एसडी कार्डको प्रायेग गरी बढाउन पनि सक्छन् । यसले गर्दा प्रयोगकर्ताले सञ्चय क्षमताको चिन्ता नगरी चाहना अनुसार तस्विर खिच्ने, भिडियो डाउनलोड गर्ने संगीत सञ्चय गर्ने लगायत कार्य गर्न पाउँछन् ।

ओपो ए३१लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी६७६५भी चिपसेटले सञ्चारित गर्छ । यसमा रहेको ४ जीबी ¥याम सहितको ओक्टाकोर प्रोशेसर उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जीएचजेडको गति लिने क्षमता राख्छ ।

यसमा रहेको ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री एक पटक पूर्णरुपमा चार्ज गर्दा प्रयोगकर्ताले १४ घण्टा सम्मको अनलाईन भिडियो स्ट्रिमिङ वा ७ घण्टा सम्म निरन्तर अनलाईन गेम्स तथा १ सय १० घण्टा अडियो प्लेब्याकको मज्जा लिन सक्छन् । फोनमा फिंगरप्रिन्ट अनलकका साथै  सुदृढ सेक्योरिटी अल्गोरिथमका साथमा फेसियल अनलकपनि उपलब्ध गरिएको छ ।

निकै आकर्षक फिचर्स सुसज्जित स्मार्टफोन, ओपो ए३१को बजार मूल्य रु. २६ हजार ५ सय ९० निर्धारण गरिएको छ । यसका साथै कम्पनीले आफ्नो आइओटी उत्पादन अन्तर्गत नेपाली बजारमा ओपो एन्को डब्ल्यू ११, एन्को डब्ल्यू ३१ र एन्को एम३१ पनि सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो अफलाइन रिटेल च्यानल मार्फत उपलब्ध गराउने ओपो एन्को डब्ल्यू११को बजार  मूल्य रु. ३ हजार ९ सय ९० निर्धारण गरिएको छ । त्यसैगरी ई(कमर्स प्ल्याटफर्म दराज मार्फत उपलब्ध गराइने दूई उत्पादन एन्को डब्ल्यू ३१को मूल्य रु. ६ हजार ९ सय ९० र एन्को एम३१को मूल्य रु. ४ हजार ९ सय ९० निर्धारण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप