कारोनाका कारण जापानको बारमा चुम्बनदेखि माइक्रोफोन प्रयोगसम्ममा नयाँ नियम
जापानमा नाइट लाइफ वर्कर्सका लागि काम गर्नेहरुले उनीहरुलाई सुरक्षित रहेर काम गर्नका लागि नयाँ निर्देशिकाको आवश्यकता औँल्याएका छन् । कोरोनभाइरसको संक्रमण फैलिएसँगै जापान सरकारले बारमा होस्ट र होस्टेजको सेवामा रोक लगाएको थियो ।
जापानमा बारहरुलाई संक्रमण फैलाउने अड्डाको रुपमा हेरिएको छ । यूरोलोजिस्ट तथा पब्लिक हेल्थ वकिल शिन्या ल्वामुरोले बारकर्मीहरुका लागि व्यावहारिक नियम बनाउनुपर्ने आवश्यकता औँल्याउँदै ग्राहकको सेवा कसरी गर्ने भनेर जानकारी दिनुपर्ने बताएकी छिन् ।
उनले भनिन्, ‘यसको अर्थ अब चुम्बन गर्नुहुँदैन र खानाको प्लेट पनि एकअर्काले साझा गर्नमा प्रतिबन्ध लगाउनुपर्छ । त्यस्तै कुराकानी गर्दा पनि संक्रमण फैलाउने थुकका कणहरुबाट बच्ने गरी गर्नुपर्छ । यदी सम्भव छ भने पनि चुम्बन केवल आफ्नो पार्टनरसँग मात्र गर्नुपर्छ र गहिरो चुम्बनबाट बच्नुपर्छ ।’
ल्वामुरो नाइटस्पटमा टिचिङ इन्फेक्सन कन्ट्रोलका पनि प्रमुख हुन् । उनले चुम्बन र संक्रमणबाट बच्ने तरिकाबारे एक पत्रकार सम्मेलनमा बताइन् ।
लाइटलाइफसँग जोडिएका जो व्यक्ति जापानमा संक्रमति बनिरहेका छन् उनीहरु २० देखि ३० वर्षको उमेर समूहका रहेका छन् । जापानको नेशनल इन्सटिट्युट अफ इन्फेक्सन डिजिजमा भाइरोलोजीका निर्देशक मासायुकी साइजोका अनुसार महामारीका कारण को के काम गर्छ र कहिले गर्छ भनेर भेदभाव गर्न नहुने बताए ।
उनले भने, ‘रात या दिनमा काम गर्नेबीच केही फरक छैन । हाम्रो रणनीति मानिसबाट मानिसमा संक्रमण कसरी रोक्नेमा हुनुपर्छ ।’
नाइटलाइफ बिजेनस एशोसिएशनका रिप्रेजेन्टेटिभ डाइरेक्टर काओरीले नाइटलाइफ वर्कर्सका लागि आफूहरुले नयाँ निर्देशिका बनाएको जानकारी दिए । यसमा माइक्रोफोन प्रयोग गर्नेहरुले त्यसलाई डिसइन्फेक्ट गर्ने विषय पनि सामेल छ ।
जापानमा हालसम्म २४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ९ सय ५० भन्दा बढीले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार