शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तालिवानसँगको भीडन्तमा १२ सुरक्षाकर्मीसहित २४ भन्दा बढीको मृत्यु

सोमबार, ०५ साउन २०७७, १४ : ३०
सोमबार, ०५ साउन २०७७

एजेन्सी । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी दुई दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ ।

सोमबार सो कारबाही भएको यहाँका उपप्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् । उनकाअनुसार सो प्रान्तको क्वाजाक क्षेत्रमा रहेको एक सुरक्षा चौकीमा ठूलो संख्याका तालिबानीहरुले सोमबार बिहान आक्रमण गरेका थिए ।

उक्त आक्रमणपछि भएको दुवै पक्षको दोहोरो गोली हानाहानमा परी १२ जना सुरक्षाकर्मी मारिएका र अरु १० जना नराम्ररी घाइते पनि भएका छन् । त्यसैगरी सो कारबाहीका क्रममा एक दर्जनभन्दा बढी तालिबान लडाकू मारिएका हुन् । सोही प्रान्तमा तीन दिनअघि मात्र अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो ।

मृत्यु भएकाहरुमा सबैजना तालिबान लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । टोलो न्युजले सम्प्रेषण गरेको समाचारमा पनि उत्तरी कुन्दुज प्रान्तको क्वाजमा तालिबानहरुले सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगान सेना र प्रहरीको संयुक्त समूहले त्यसको प्रतिकार गरेको थियो ।

समाचारमा एक दर्जनभन्दा बढी तालिबान मारिएको बताइएको छ तर यसको यथार्थ तथ्यांक भने दिइएको छैन । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप