शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सात प्रतिशत बढी उठ्यो राजस्व,  साढे ११ लाख करदाताले लिए प्यान नम्बर

सोमबार, ०५ साउन २०७७, १४ : २६
सोमबार, ०५ साउन २०७७

 आर्थिक वर्ष २०७६/७७ मा झण्डै ४ खर्ब रुपैयाँ राजस्व आन्तरिक राजस्व विभागले संकलन गरेको छ ।  जुन अघिल्लो आवको तुलनामा ७ प्रतिशत बढी हो । विभागले आयकर, मूल्य अभिवृद्धिकर, अन्तशूल्क, शिक्षा सेवा शूल्कलगायत गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ   आन्तरिक राजस्व संकलन गरेको हो । 

अघिल्लो  आव २०७५/७६ मा कुल ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको थियो । विभागले अघिल्लो आवको तुलनामा २६ अर्ब बढी राजस्व संकलन गरेको हो ।
जसमध्ये आयकर वापत २ खर्ब १७ अर्ब २६ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत ९८ अर्ब २२ करोड रुपैयाँ, अन्तशुल्क वापत ६४ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । साथै, शिक्षा कर र अन्य गरी ४ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

यसैगरी, विभागद्वारा उपलब्ध तथ्यांक अनुसार एक वर्षमा ११ लाख ४७ हजार नयाँ करदाताले स्थायी लेखा नम्बर लिएका छन । जसमध्ये १ लाख ९४ हजार व्यवसायीक करदाता र ९ लाख ५३ हजार व्यक्तिगत करदाताले स्थायी लेखा नम्बर लिएका छन् ।

कोभिड–१९ का कारण करिब ४ महिनाको बन्दाबन्दीले सामाजिक, आर्थिक तथा प्राशासनिक क्षेत्रमा परेको समस्या, स्वास्थ्य जोखिम तथा मनोसामाजिक प्रतिकुलताले लगानी, उत्पादन, व्यवसाय र रोजगारीमा पारेको नकारात्मक असरले राजश्व संकलनमा प्रभावित भएको  विभागको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप