बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतमा सामूहिक बलात्कार, २ जना पक्राउ

सोमबार, ०५ साउन २०७७, १४ : ००
सोमबार, ०५ साउन २०७७

काठमाडौं । पर्वतको महाशिला गाउँपालिका–५ स्थित पिँडालु खोलामा सामूहिक बलात्कार भएको छ ।  दुईजना किशोर मिलेर मानसिक रुपमा अशक्त १७ वर्षीया किशोरीलाई बलात्कार गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

बलात्कार आरोपी १२ वर्षीय र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरी टोलीले पक्रेको हो ।  जेठ १७ मा किशोरीमाथि सामूहिक बलात्कार भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

त्यस्तै, बर्दियाको गुलरियाबाट बलात्कार आरोपी २० वर्षीय अतुल तमौलीलाई प्रहरीले पक्रेको छ । १२ वर्षीया बालिकालाई उनले जबर्जस्ती करणी गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  ०७६ भदौ १६ मा बालिका बलात्कारपछि उनी फरार थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप