शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोफियाको तीज गीत ‘अबको तीज नो ब्रत प्लिज’

सोमबार, ०५ साउन २०७७, ११ : ५४
सोमबार, ०५ साउन २०७७

काठमाडौं । तीज नजिकिदै जाँदा अचेल दैनिक ३,४ वटा नयाँ तीज गीत बजारमा भित्रिने गरेको छ । यसरी बजारमा आएका गीतमा कतिपयमा चेलीले घरपरिवार, माइतीको पीडा पोखेको पाइन्छ, भने केहीमा भने समाजका विकृति विसंगतीप्रति समेत तिखो व्यङ्ग्य गरेको देख्न सकिन्छ ।

यस्तैमा सोफिया थापाले पनि सामाजका विकृति विसंगतीप्रति प्रहार गरेको तीज गीत ‘अबको तीज नो ब्रत प्लिज’ बोलको ल्याएकी छन् । गीतमा शब्द, संगीत र स्वर समेत उनकै रहेका छ ।

परम्परागत रुपमा चल्दै आएको तिजमा महिलाहरु आफ्नो श्रीमान्को दीर्घायूको लागि पानी पनि नपिइकन ब्रत बस्ने संस्कार स्वास्थ्य तथा समानता दुबै हिसाबले गलत भएको गीतमा बताइएको छ । 

गीतको भिडियो पनि बनेको छ । भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिसा गौतम, बबिता धिताल, प्रियंका थापा, शारदा थापा, रजनी केसी लगायतको अभिनय देख्न सकिन्छ ।
मनिष पन्थको निर्देशन रहेको भिडियोमा मनिषकै छायाँकन, सम्पादन रहेको छ, भने कोरियोग्राफी लोकेन्द्र शाहले गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप