भारततर्फ भन्सार नहुँदा मौलायो अवैध कारोवार

भारततर्फ निकासी–पैठारीको चेकपोष्ट नहुँदा यहाँको सूर्योदय नगरपालिकास्थित पशुपतिनगरबाट अवैध तरिकाले सामान भित्रिने गरेको छ । नेपालतर्फ भन्सार भए पनि भारततर्फ भन्सारको चेकपोष्ट नहुँदा नेपालतर्फ सामग्री भित्र्याउँदा भन्सार महसुल तिर्न नसकिएकाले नेपालतर्फ अवैध तरिकाले सामग्री भित्रिने गरेको पाइएको छ ।
भारतीय सीमा क्षेत्रमा पशुपतिनगर बजार क्षेत्र भएकाले सीमावर्ती नेपालीको सरसामान किन्न जाने ठाउँ हो तर सीमामा चेकपोष्ट नहुँदा अवैध तवरले सामग्री आउने गरेको पशुपतिनगर भन्सार प्रमुख गजेन्द्र भट्टराईले बताए । नेपाल भित्रिएको सामानको रसिद बनाइदिने भन्दा पनि कतिपय भने हतोत्साहित भएर कार्यालयमा दर्ता नै नगर्ने गरेको कार्यालय प्रमुख भट्टराईले बताए ।
यसैबीच सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका चार वटा छोटी भन्सार कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । असुरक्षाको कारण देखाउँदै विस्थापित बनेका छोटी भन्सार कार्यालय पुनःस्थापित नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । विस्थापित ती कार्यालय पुनःस्थापना नहुँदा खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करी भइरहेको छ ।
इलामको हिले, बन्दुकेलगायतका भन्सार अझै स्थापित भएका छैनन् । विस्थापित कार्यालयमध्ये अहिले छब्बिसे, मानेभन्ज्याङ र तुम्लिङ पुनःस्थापित भएका छन् । कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि नेपाल–भारत सीमामा रहेको पशुपतिनगर नाका प्रभावित भएको छ । कोरोनाका कारण सीमा अवरुद्ध भएपछि भन्सारको राजस्वमा कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
-
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो
-
पर्यटन प्रवर्द्धन : मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर