एकता भत्काउन दुष्प्रचार भयो : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभावकरले पार्टी एकता भत्काउन दुष्प्रचार भएको बताएका छन् । पूर्वगृहमन्त्री समेत रहेका शर्माले पार्टी एकताका विषयलाई लिएर कतिपयले नरुचाएको भन्दै त्यस्ताहरुलाई ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति’ को संज्ञा दिएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता शर्माले पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्धेलित भएर दुष्प्रचार भइरहेकाले त्यस्तो भ्रममा नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेका छन् ।
‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्धेलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपील गर्दछु । कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रष्ट पार्दछु’, शर्माले ट्वीटरमार्फत स्पष्ट पारेका छन् ।
नेता शर्मा पछिल्लो समय पार्टीमा देखा परेको समस्या सहमतिबाटै टुंग्याउनुपर्छ भन्ने पक्षमा उभिएका छन् । त्यसक्रममा उनीसहितका नेताहरुले शीर्ष नेतालाई समस्या समाधानमा दवावसमेत दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल