शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोङ उन अचानक एक निर्माणाधीन अस्पतालमा पुगे र बेस्सरी गाली गर्न थाले

सोमबार, ०५ साउन २०७७, १० : ५४
सोमबार, ०५ साउन २०७७

उत्तर कोरियाली शासक किम जोङ उनले एक निर्माणधीन अस्पतालका म्यानेजरलाई बेस्सरी गाली गरेका छन् । समाचार एजेन्सी एपीका अनुसार उत्तर कोरियाको राजधानी प्योंगयाङमा बनाउँदै गरिएको एक  अस्पतालको भवनमा केही समस्याको विषयमा किम जोङ–उन बेस्सरी रिसाएका थिए । यसले कोरोनाभाइरसको महामारी र अमेरिकी प्रतिबन्धका कारण उत्तर कोरियामा आपूर्ति लगभग बन्द भएको संकेत दिएको अनुमान गरिएको छ ।

किम जोङ उन अचानक प्योङ्गयाङमा एक निर्माणाधीन अस्पतालमा पुगेका थिए । किमले यो प्रोजेक्टमा लापरवाहीको विषयमा खेद प्रकट गरे । किम एक नयाँ अस्पतालल बनाइरहेका छन् र उनी यसमा भएको लापरवाहीले निकै रिसाएको देखिए ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी अर्थात् केसीएका अनुसार पूरा प्रोजेक्टमा लापरवाही र बजेटमा गडबडीको विषयमा सबै जिम्मेवार अधिकारी फेरिएका छन् ।

मार्चमा नै किमले नयाँ अस्पताल बनाउने कुरा बताएका थिए । उनको देश आधुनिक मेडिकल सुविधाको कमीसँग जुधिरहेका छन् भन्ने बारे निकै कमले थाहा पाओस् भन्ने चाहना राख्छन् । किम जोङ उन आफ्नो देशको स्वास्थ्य सेवामा सुधार ल्याउने कोसिस गरिरहेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप