बाल विवाहमा संलग्न चार पक्राउ

बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।
प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका–३ बस्ने केशवराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपश्चात् बेहुला तिवारीसहित बुबा, आमा गरी चार जनालाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका चार जनालाई विवाहसम्बन्धी कसुरअन्तर्गत ‘बाल विवाह’ मुद्दा दर्ता गरिएको छ । गत बिहीबार स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
-
‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’
-
निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि