केन्द्रीय संस्करण
कारोनाभाइरस

‘कोभिड–१९’को उपचारमा संलग्न ५४ प्रतिशत स्वास्थ्यकर्मी मानसिक तनावमा

person explore access_timeसाउन ५, २०७७ chat_bubble_outline0
सांकेतिक तस्विर

‘कोभिड–१९’ अर्थात्, कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालमा गत चैत ११ गतेबाट करिब तीन महिनासम्म देशभर पूर्ण रुपमा लकडाउन गरिए पनि संक्रमितको संख्या बढ्न छाडेन । करिब ३ महिनासम्म लकडाउनका कारण घरभित्र सीमित हुँदा धेरै नेपालीले आर्थिक, सामाजिक र मानसिक समस्या झेल्नु प-यो । अर्कोतिर, लकडाउनका बाबजुद संक्रमितको संख्या बढ्न छाडेन ।

आइतबार कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । निको हुनेको संख्या पनि ११ हजार ६ सय ९५ पुगेको छ । एकपछि अर्को गर्दै विस्तारै दैनिक सयौँको संख्यामा संक्रमित फेला पर्दासमेत उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने र निको तुल्याएर घर पठाउने स्वास्थ्यकर्मीहरु कोभिड–१९ विरुद्धको युद्धका अग्रपंक्तिका लडाकु मानिन्छन् । तर यो युद्धमा अनवरत खटिएका उनीहरुमा परेको चोट, उनीहरुले झेलेका पीडाको लेखाजोखा निकै कममात्र हुने गरेको छ । विस्तारै स्वास्थ्यकर्मीका पीडा र समस्या पनि उजागर हुन थालेको छ ।

कोभिड–१९ को पहिचान, उपचार र नियन्त्रणका लागि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीमा असामान्य चिन्तासँग सम्बन्धित समस्या देखिएको एक अध्ययनले उजागर गरेको छ । विभिन्न अस्पताल, नाका, विमानस्थल, होल्डिङ सेन्टरमा कोरोना संक्रमित पहिचान गर्ने, बिरामीको स्क्रिनिङ गर्ने, उपचार गर्ने, नियन्त्रणका साथै जनचेनता फैलाउने स्वास्थ्यकर्मीहरु विभिन्न समस्याको शिकार हुने गरेको तथ्य प्रकाशमा आएको हो ।

कोभिड–१९ परीक्षण गर्ने र संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा एन्जाइटी, अनिद्रा र डिप्रेशनको समस्या पाइएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले गरेको अध्ययनबाट यो तथ्य प्रकाशमा आएको हो ।

उक्त अध्ययन अनुसार कोभिड–१९ को पहिचान र उपचारमा संलग्न ५४ प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मीमा असामान्य चिन्तासँग सम्बन्धित समस्या पाइएको छ । कोभिड–१९ को फ्रन्टलाइनमा काम गर्ने २४ प्रतिशत नर्स, १७ प्रतिशत स्वास्थ्यकर्मी र १३ प्रतिशत चिकित्सकमा असामान्य चिन्तासँग सम्बन्धित समस्या देखिएको सो अध्ययनको निष्कर्ष छ । १४ अस्पतालका ४ सय ७५ जना स्वास्थ्यकर्मीमा गरेको अध्ययन तथा सर्वेक्षणले फ्रन्टलाइनमा खटिने ५४ प्रतिशत स्वास्थ्यकर्मीमा यस्ता समस्या देखिएको हो ।

महामारीको समयमा सर्वसाधारण आर्थिक, सामाजिक र मानसिक समस्यामा गुज्रिरहेका तथ्य विभिन्न माध्यममार्फत प्रकाशमा आए पनि कोभिड–१९ को युद्धमा प्रत्यक्षरुपमा लड्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले भोगेका समस्या ओझेलमा पर्दै आएको थियो । सो अध्ययनबाट भने स्वास्थ्यकर्मीले झेल्नुपरेका समस्या पनि केही हदसम्म प्रकाशमा आएको चिकित्सकहरु बताउँछन् ।


सुरक्षात्मक सामग्रीको गुणस्तरमा शंका लागे पनि जे उपलब्ध छ, त्यही प्रयोग गर्नुपर्ने बाध्यताबस् उपचारमा संलग्न हुँदा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको मनमा त्रास सिर्जना हुने डा. पाण्डे बताउँछन् । ‘संक्रमितको पहिचान तथा उपचार गर्दा आफै संक्रमित भएर घर परिवारलाई पनि सारिन्छ कि भन्ने आशंका स्वास्थ्यकर्मीको मनमा पैदा हुन्छ,’ उनले भने, ‘अन्य सर्वसाधारण जनताको पिसिआर गरे झैँ स्वास्थ्यकर्मीको पनि अनिवार्य रुपमा परीक्षण गराउनु पर्छ ।’


कोभिड–१९ को महामारीले सर्वसाधारणमा जस्तै स्वास्थ्यकर्मीमा पनि असर परेको सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे बताउँछन् । कोभिड–१९ का शंकास्पद बिरामीको परीक्षण, संक्रमितको उपचार गर्दा स्वास्थ्यकर्मीले मापदण्डविहीन सुरक्षात्मक सामग्री ‘पीपीई’को प्रयोग गरेर भए पनि आफ्नो कर्तव्य निर्वाह गर्नु परेको उनको भनाइ छ ।

सुरक्षात्मक सामग्रीको गुणस्तरमा शंका लागे पनि जे उपलब्ध छ, त्यही प्रयोग गर्नुपर्ने बाध्यताबस् उपचारमा संलग्न हुँदा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको मनमा त्रास सिर्जना हुने डा. पाण्डे बताउँछन् । ‘संक्रमितको पहिचान तथा उपचार गर्दा आफै संक्रमित भएर घर परिवारलाई पनि सारिन्छ कि भन्ने आशंका स्वास्थ्यकर्मीको मनमा पैदा हुन्छ,’ उनले भने, ‘अन्य सर्वसाधारण जनताको पिसिआर गरे झैँ स्वास्थ्यकर्मीको पनि अनिवार्य रुपमा परीक्षण गराउनु पर्छ ।’

विदेशमा कोभिड–१९ को परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीले एउटा पीपीई प्रयोग गरेर ४ देखि ६ घण्टामात्र काम गर्छन् । नेपालमा १२ देखि १८ घण्टासम्म एउटै पीपीई लगाएर ड्युटीमा खटिनुपर्ने बाध्यता छ । पीपीई लगाएर बिरामीको हेरचाहमा खटिनुपर्दा नर्सलाई कठिन हुने र महिनावारी हुँदा झन् समस्या झेल्नुपर्ने नेपाल नर्सिङ संघका निवर्तमान अध्यक्ष गोमा निरौला श्रेष्ठले बताइन् ।

महामारीको बेलामा स्वास्थ्यकर्मीलाई फोकस गरेर आत्मबल बढाउनेखालको विशेष कार्यक्रम गर्नुपर्ने अध्यक्ष डा. पाण्डे बताउँछन् ।

फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी संक्रमित भएमा छुट्टै आइसोलेशन र क्वारेन्टाइनमा कहाँ, कसरी राख्ने तथा उपचार कहाँ गर्ने भन्नेमा अस्पताल तथा सरकारले खासै ध्यान दिएको पाइदैन । नेपालको जनसंख्या अनुसार डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको संख्या न्युन छ ।

‘अन्य देशको तुलनामा नेपालमा अहिलेसम्म कम संख्यामा कोरोना संक्रमित पाइएको छ, भोलिका दिनमा संक्रमित संख्या थपिदै गएमा, विषम परिस्थिति आएमा के हुन्छ ?,’ उनले भने, ‘मैदानमा उत्रने फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरु आर्थिक तथा मानसिक रुपमा असुरक्षित भएर काम गर्दा के हुन्छ भन्ने बारेमा सम्बन्धित निकायले सोच्नु पर्छ ।’

सरकारले कोभिड–१९को उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई जोखिम भत्ता दिने भने पनि व्यवहारमा लागु नगरेको अध्यक्ष डा. पाण्डे बताउँछन् । कोभिड–१९ को परीक्षण तथा उपचारमा फ्रन्टलाइनमा बसेर काम गर्ने धेरै स्वास्थ्यकर्मीले मनमा कुरा दबाएर राखेको हुँदा उनीहरुका समस्या सतहमा नआएको र उनीहरुमा असामान्य चिन्तासँग सम्बन्धित विभिन्न समस्या देखिन थालेको उनको भनाइ छ ।


कोभिड–१९ को उपचार तथा हेरचाहमा १२ देखि १८ घण्टासम्म खटिने नर्सलाई घरमा गएर छुट्टै बस्न सम्भव नहुने, बसेको स्थानबाट अस्पताल जान–आउन समस्या हुने भन्दै उनले यस्ता समस्या समाधानमा अस्पताल तथा सरकार चुकेको बताइन् ।


फ्रन्टलाइनमा काम गर्ने नर्सहरुले समुदाय तथा आफू भाडामा बसेको घरवालाबाट विभेद समेत भोगिरहेका छन् । केही घरधनीले स्वास्थ्य क्षेत्रमा काम गरेको नाममा स्वास्थ्यकर्मीलाई निकालेको समेत पाइएको नेपाल नर्सिङ संघका निर्वतमान अध्यक्ष गोमा निरौला श्रेष्ठको भनाइ छ ।

धेरै नर्स तथा स्वास्थ्यकर्मीको मनमा आफै संक्रमित भएका छौं कि, घरका दीर्घरोगी तथा परिवारका अन्य सदस्यमा सर्छ कि भन्ने चिन्ता रहने गरेको उनले सुनाइन् ।

कोभिड–१९ को उपचार तथा हेरचाहमा १२ देखि १८ घण्टासम्म खटिने नर्सलाई घरमा गएर छुट्टै बस्न सम्भव नहुने, बसेको स्थानबाट अस्पताल जान–आउन समस्या हुने भन्दै उनले यस्ता समस्या समाधानमा अस्पताल तथा सरकार चुकेको बताइन् ।

राजधानीका कोभिड अस्पताल बाहेक अन्य अस्पतालमा अरु रोगको उपचार गराउन आएका बिरामीमा समेत कोरोना संक्रमण पाइएको छ । कोरोना महामारीको यस्तो जोखिमपूर्ण बेलामा घरमा साना बालबच्चा छाडेर, दीर्घरोगी सदस्यलाई छाडेर रोजीरोटीको लागि जोखिम मोलेर काम गरेका नर्सहरुलाई कतिपय अस्पतालले जागिरबाट निकालेको उनी बताउँछिन् ।

सरकारी, निजी र सामुदायिक अस्पतालमा अन्य रोगको उपचार गराउन आउने बिरामीमा कोरोना संक्रमण पुष्टि भइरहेको अवस्थामा व्यक्तिगत सुरक्षात्मक सामग्रीको व्यवस्था नभएका कारण पनि धेरै नर्सहरु चिन्तित भएको उनको भनाइ छ । महामारीको समयमा अस्पतालमा खटिदासमेत श्रम अनुसारको पारिश्रमिक तथा सुरक्षाको प्रत्याभूति दिन नसकेका कारण नर्सहरु मानसिक तनावमा परेको उनी बताउँछिन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.