शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा कोरोना परीक्षणमा घोटालाः अस्पतालका मालिकसमेत १२ जना पक्राउ

सोमबार, ०५ साउन २०७७, ०६ : ५५
सोमबार, ०५ साउन २०७७

बंगलादेशमा कोरोनाभाइरसको परीक्षणमा ठूलो घोटाला भएको खुलासा भएको छ ।

घटनाबारे पर्दाफास भएपछि ढाकाको एक अस्पतालका मालिकसमेत १२ भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरुमाथि हज्जारौं बिरामीलाई परीक्षण नै नगरी नेगेटिभ सर्टिफिकेट प्रदान गरेको आरोप लागेको छ ।

जून महिनाको अन्तिमसम्म हरेक दिन १८ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने योजना बनाइएको थियो तर पछिल्लो दुई हप्तामा १० हजार व्यक्तिको मात्रै कोरोना परीक्षण हुन सकेको छ ।

विशेषज्ञका अनुसार घोटालाबारे तथ्य सार्वजिनक भएपछि जनताको परीक्षणमाथि शंका बढेको छ ।

बंगलादेशमा २ लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ भने २ हजार ६ सय १८ व्यक्तिको मृत्यु भएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप