शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले भने, ‘अमेरिकाको मृत्युदर सबैभन्दा कम’

सोमबार, ०५ साउन २०७७, ०६ : ५०
सोमबार, ०५ साउन २०७७

जोन्स होपकिन्स विश्वविद्यालयले अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको आँकडा १.४० लाखभन्दा माथि गइसकेको र मृत्युदरको मामिलामा अमेरिका संसारभरीको सातौं स्थानमा भएको बताएको छ ।

तर अमेरिकी राष्ट्रपतिले भने जोन होपकिन्सले जारी गरेको आँकडा अस्विकार गरेका छन् ।

फक्स न्यूजलाई दिएको अन्तरवार्तामा ट्रम्पले उनको देशमा सबैभन्दा कम मृत्युदर भएको बताएका छन् । उनले देशमा कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि हुनुमा अत्यधिक व्यक्तिमा गरिएको परीक्षण जिम्मेवार भएको बताएका छन् ।

जोन होपकिन्सका अनुसार संसारभरी ६ लाखभन्दा बढीको मृत्यु भइसकेको छ र मृत्यु हुनेमा एक चौथाई व्यक्ति अमेरिकी छन् ।  

अमेरिकाको दक्षिणी राज्यमा संक्रमितको संख्या अत्यधिक वृद्धि भइरहेको छ  ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप