शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८० हजार घुससहित सव–इन्जिनियर पक्राउ

आइतबार, ०४ साउन २०७७, २१ : २६
आइतबार, ०४ साउन २०७७

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बारा, कलैयामा कार्यरत सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 
 नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेकाे । 
अख्तियारको टोली देखेपछि उनले नजिकै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुबैजनालाई सो रकमसहित कलैया नगरपालिका वडा नं ४ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप