बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार

आइतबार, ०४ साउन २०७७, १९ : २२
आइतबार, ०४ साउन २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएकाे छ । 

ओलीलाई भेट्न प्रचण्ड आइतबार साँझ बालुवाटार पुगेका हुन् । करिब २ घण्टा भएको छलफल बिनानिष्कर्ष सकिएको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीभित्र विवाद चुलिँदै गएपछि शीर्ष नेताहरुबीचको भेटघाट बाक्लिएको छ । आइतबार बिहान पनि प्रचण्डले माधव नेपाल पक्षधर नेताहरुसँग भेटघाट गरेका थिए । 

प्रचण्डले आइतबार बिहान आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा ओलीले राखेको प्रस्तावको विषयमा स्पष्टीकरण दिएका थिए । 

शनिबारको बैठकमा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव राखेको र त्यसमा प्रचण्डले सहमति जनाएको भन्दै नेपालसहितका सचिवालयका नेताहरु झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले असहमति जनाएका थिए । तर प्रचण्डले आफ्नो ओलीसँग कुनै सहमति नरहेको र त्यसबारे गलत प्रचार भएको भन्दै आफू पूर्ववत अडानमा कायम रहेको बताएका थिए । 

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि सहमति खोज्नका लागि आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर सहमतिको प्रयास भइरहेको छ । 
ओलीविरोधी खेमाका नेताहरुले उनले पदबाट राजीनामा दिनुपर्ने मुख्य माग राख्दै आएका छन् । तर ओलीले पद नछाड्ने अडान लिएपछि विवाद जहाँको त्यहीँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप