शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

आइतबार, ०४ साउन २०७७, १८ : ५६
आइतबार, ०४ साउन २०७७

 अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल –तानसेन सडक खण्ड आइतबार साँझदेखि  एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 
 शुक्रवार साँझ डुम्रेस्थित गौडेपुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडक तीनदिनपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ  ।

पहिरो हटाउन सडक डिभिजन पाल्पाले दुबैतर्फबाट दुईवटा डोजर प्रयोग गरेको थियो ।  सडक खुलेसँगै रुपन्देही र पाल्पा तर्फबाट आएका यात्रु गन्तव्यमा लागेका छन् ।  पहिरो सडदेखि करिब सय मिटर माथिबाट खसेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप