बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरी मारिए

आइतबार, ०४ साउन २०७७, १८ : २७
आइतबार, ०४ साउन २०७७

एजेन्सी । अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् ।  देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

प्रान्तीय प्रहरी प्रवक्ताशाह मोहम्मद अरिनले सिन्ह्वालाई भने, “सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिबार राती भएको विस्फोटनको घटनामा परी मृत्यु भएको छ ।”

उनका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको छ । प्रहरी अधिकारीहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नेक्रममा दुर्घटनामा परेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप