बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बर्थ डे पार्टी दिने बहानामा जबरजस्ती करणी

आइतबार, ०४ साउन २०७७, १६ : ५८
आइतबार, ०४ साउन २०७७

-रामहरि श्रेष्ठ
ओखलढुंगा । जन्मदिनको पार्टी दिने बाहानामा आफ्नै साथीमाथि जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार रातीे मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पार्टी दिने भन्दै बोलाएर २३ वर्षीया आफ्नै साथीमाथि जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।  

उनीहरु सानै उमेरदेखि साथी भएको र शुक्रबार युवकको जन्मिदिन परेकाले युवतीलाई पार्टी दिने भन्दै राती घरैमा लिन गएर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । युवकले मादक पदार्थ सेवन गरेर आफुमाथि जबरजस्ती करणी गरेको पीडित युवतीको आरोप छ । पीडितको जाहेरीका आधारमा शनिबार ती युवकलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरीएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

यसअघि हिजो मात्रै सोही गाउँपालिकाकी २७ वर्षीया विवाहित महिलामाथि जबरजस्ती करणी गरको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन् । श्रीमान बैदेशिक रोजगारीमा गएको मौका छोपी जबरजस्ती करणी गरेको र ५ महिनाको गर्भ समेत बसेको भन्दै महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले बताए । ती महिलाले आफुमाथि जबरजस्ती करणी गरेको भन्दै शनिबार नै प्रहरीमा जाहेरी दिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप