मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भान्जाको अपहरणपछि हत्या गरेर भाग्ने १३ वर्षपछि पक्राउ

आइतबार, ०४ साउन २०७७, १३ : ४७
आइतबार, ०४ साउन २०७७

आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् । 

महानगरीय अपराध महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएर आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालिन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरेका थिए । 

रोहितका बुबा बासुदेवसँग अभियुक्तले २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि अपहरण मुक्त भएका थिएनन् । बरु त्यसको ३ दिनपछि असोज २७ गते  बालको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फेला परेको थियो । अभियुक्तले हत्यापछि शव भरियालाई बोकाएर कमलादीको सडकमा लगेर फ्याकिदिएका थिए । 

घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो भने उनी हालपनि कारागारमै रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप