बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभर १६ जना मात्र भेटिए

एजेन्सी । चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।
“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।
जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एकजना घाइते
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या