बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि स्थगित भयो नेकपा स्थायी समिति बैठक

आइतबार, ०४ साउन २०७७, १३ : २१
आइतबार, ०४ साउन २०७७

आइतबार तय भएको नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ।  पार्टीभित्र सहमति जुटिनसकेकाले बैठक पुन: साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो । 
नेकपा केन्द्रीय कार्यादल सचिव ईश्वरी रिजालले साउन ६ गते बिहान ११ बजेसम्मका लागि अर्को बैठक तय भएको जानकारी दिए । 

यसअघि पनि पटक पटक भएको स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । नेकपाका अधिकांश स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । 

सहमतिकाे प्रयासस्वरुप हिजो बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीबाट महाधिवेशनको प्रस्ताव आएपनि त्यसमा सहमति जुटिसकेको छैन । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप