मौद्रिक नीतिको प्रभाव सेयर बजारमा, तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर आजका लागि बजार बन्द
आइतबार, ०४ साउन २०७७, १२ : ४५
सेयर कारोबार आइतबारका लागि बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो सकारात्मक सर्किट ब्रेकर लागेर आजका लागि कारोबार बन्द भएको हो ।
मौद्रिक मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएको छ । दोस्रो सर्किट लागेर खुलेको १ मिनेटभित्रै फेरि ६ प्रतिशतले बजार बढेपछि दिनभरका लागि कारोबार रोकिएको हो ।
अधिकांश कम्पनीको सेयर भाउ बढेको छ । मौद्रिक नीतिमा सेयर बजारमा लागि सकारात्मक पहल गरिएपछि लगानीकर्ता उत्साहित भएका छन् ।
यसअघि आइतबार नै बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट र २७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण