शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार भीष्मराज अव गीतकार

आइतबार, ०४ साउन २०७७, १२ : ३५
आइतबार, ०४ साउन २०७७

काठमाडौं । नेपाली साहित्य क्षेत्रमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा देखिएका छन् । 

उनी गीत ‘जुनसरी बिलाई गयौं.....’ बाट गीतकारको रुपमा समेत अगाडि आएका हुन् । विक्रम थापाको संगीत रहेको गीतमा स्वरुप राज आचार्यको स्वर रहेको छ । 

गीतको लिरिकल भिडियो समेत निर्माण भएको छ । कोरोनाको कहर दिन प्रतिदिन बढ्दो भएको कारण गीतको भिडियो निर्माण तिर नलागि लिरिकल भिडियो आफूले बनाएको गीतकार भीष्म राजले बताए ।
उनले गीतको बारेमा भने, ‘आज म निकै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले आमाको सम्झनामा यो गीतको लेखेको हो ।’ 
गीत संसार भरकी आमाहरुमा समर्पित रहेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप