शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

हत्या आरोपी वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

आइतबार, ०४ साउन २०७७, १२ : २३
आइतबार, ०४ साउन २०७७

सर्लाही । नेकपाका एक स्थानीय नेताको हत्या अभियोगमा मुछिएका सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ । 
रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

रामनगर गाउँपालिका वडा नम्बर ४ स्थित बहुअर्वाका ६० वर्षीय रामजनम भनिने रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिएका थिए । सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा थुनछेक बहसपछि महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको हो ।

अदालतको आदेश अनुसार महतोलाई गौर कारागार, रौतहट चलान गरिएको छ ।

नेता रामजलको गत असार ७ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो । उनको हत्या लगत्तै प्रहरीले आरोपित वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो ।
यस्तै घटनामा संलग्न भनिएका अन्य ८ जना अझै फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप