संसारका सर्वाधिक बिक्रि भएका १० फोन

नोकिया 1100:
यो संसारको सबैभन्दा बिक्री भएको फोन हो । सन् २००३ मा सार्वजनिक भएको हो र यसको २५ करोड बढी युनिट्स बिक्री भएको हो ।
नोकिया 1110:
दोस्रो सर्वाधिक बिक्री भएको फोन पनि नोकियाकै हो । अहिलेसम्म लगभग २५ करोड फोन बिक्रि भएका छन् ।
एप्पल आइफोन 6:
यो सूचीको तेस्रो नम्बरमा एप्पलको आइफोन सिक्स र सिक्स प्लस हुन् । यसको २२ करोड भन्दा बढी युनिट्स बिक्रि भएका छन् ।
नोकिया 105:
नोकिया १०५ को २० करोडभन्दा बढी फोन बिक्रि भएका छन् । यो फोनलाई सन् २०१३ मा लञ्च गरिएको थियो ।
नोकिया 3210:
नोकिया ३२१० का १६ करोड बढी बिक्रि भएको छ । यो सन् १९९९ मा लञ्च गरिएको थियो । यो फोन बलियो भएको कारण सफल रह्यो ।
नोकिया 6600:
यो फोन आफ्नो डिजाइन र क्यामराका कारण चर्चित रह्यो । सन् २००३ मा रिलिज भएको यो फोनको १५ करोड युनिट बिक्रि भएको थियो ।
नोकिया 5230:
यो नोकियाको टच स्क्रिन मोबाइल थियो यो फोनमा २ एमपीको क्यामरा र १२८ एमबीको र्याम थियो । यो फोन १५ करोड बढी बिक्रि भयो ।
सामसङ E 1100:
नोकिया फोनजस्तै यो पनि बलियो भएका कारण चर्चित रह्यो । सन् २००९ मा सार्वजनिक भएको यो फोनको १५ करोड युनिट्स बिक्रि भयो ।
नोकिया 2600:
यो फोनको बडी निकै बलियो थियो । यो सन् २००४ मा सार्वजनिक भयो । यसको १३.५ करोड बढी युनिट्स बिक्रि भएको छ ।
मोटोरोला RAZR V3:
यो सबैभन्दा धेरै बिक्रि भएको फ्लिप फोन हो । यसको १३ करोडभन्दा बढी युनिट बिक्रि भएको छ । कम्पनीले यसको नयाँ मोडल पनि सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने
-
प्रत्यक्ष निर्वाचित कार्यकारी भएर बालेन नै आए पनि फरक पर्दैन : प्रचण्ड