शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासी प्रहरीद्वारा अवैध सामान बरामद

आइतबार, ०४ साउन २०७७, १० : ४२
आइतबार, ०४ साउन २०७७

परासी । प्रहरीले नवलपरासीको सिमावर्ती क्षेत्रबाट १ लाख ९० हजार ५ सय मूल्य बराबरको विभिन्न सर–सामान बरामद गरेको छ । 
प्रहरीले सरावल गाउँपालिका ७ भुजहवाँबाट ६ वटा खशी बरामद गरेको हो । भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको उक्त ६ वटा खशी गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद ९० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले पाल्हीनन्दन गाउँपालिका २ बाट ११ बोरा क्यानेडियन मदर बरामद गरेको छ । बरामद मटर ५५ हजार मूल्य बराबर रहेको छ । स्थानीय तस्करहरुले उक्त मटर नेपालबाट भारत भित्र्याउन खोज्दा प्रहरीले बरामद गरेको हो । कारोबारीहरु प्रहरीलाई देखेर फरार भएका थिए ।

त्यसैगरी प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ५३ बोरा युरिया मल पनि बरामद गरेको छ । 

व्यापारीले भारतबाट भन्सार छली घरमा लुकाई राखेको उक्त युरिया मल विशेष सुराकीको आधामार प्रहरीले बरामद गरेको हो । 
बरामद मल ४५ हजार ५ सय मूल्य बराबर रहेको र व्यपारीले मल किसानहरुलाई बढी मूल्यमा बेच्न राखेको प्रहरीले जनाएको छ । बरामद मालसमानहरु आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप