एनआरएनए को ८३ औँ शाखाको रुपमा टर्कीलाई मान्यता

लन्डन । विश्वभरी छरिएर रहेका नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघले ८३ औँ शाखाको रुपमा टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । संघको विधान र एनआरएन ऐनले तोके अनुसारको कागजात समयमा पेश गर्न नसकेका कारण शाखा गठन प्रकृयामा केही ढिलाइ भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछी टर्की नेपाली समाजका अध्यक्षसमेत रहेका उज्जल कुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
नवगठित समितिको उपाध्यक्षमा श्यामकला राई, महेन्द्र थापा र तिला दाहाल श्रेष्ठ रहेका छन् । महासचिवमा डा विनोद पौडेल, सचिवमा मोहम्मद जावेद, सह सचिवमा सोनम शेर्पा, कोषाध्यक्षमा अनिता गुरुङ र सह कोषाध्यक्षमा गीता लिम्बु रहेका छन् । यसैगरी युवा संयोजकमा मन्दिरा ओली खत्री र सुनिल पौडेल लगायत ७ जना सदस्यहरु पनि नवगठित समितिमा चयन भएका छन् । समितिको प्रवक्तामा विकास सुमन रहेका छन् । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीको विशेष पहलमा टर्कीमा रहेका नेपालीहरुसँगको छलफलपछि समिति गठन प्रक्रियाले अन्तिम रुप लिएको हो ।
गैर आवासीय नेपाली संघको टर्की शाखाको गठनसँगै त्यहाँ रहेका हजारौं नेपालीहरु लाभान्वित हुने बताइएको छ । कोरोनाका कारण टर्कीमा समस्यामा परेका नेपालीहरुको सहयोगका लागि विशेष पहल पहल गर्ने जिम्मा नवगठित समितिलाई दिइएको छ ।
टर्कीमा वसोवास गर्ने नेपालीहरुको संख्या यकिन नभएपनि करिब ७ हजारको हाराहारीमा नेपालीहरु र्सहेका छन् । टर्कीमा अवैधानिक रुपमा वसोवास गर्ने नेपालीहरुको संख्या प्रशस्त भएको हुँदा उनीहरुको अवस्था झन् दयनीय रहेको छ । वैधानिक रुमा रहेकाहरु पनि कतिपय बेतलबी बिदामा बस्न बाध्य छन् भने धेरैले रोजगारी गुमाएर बसेका छन् । एनआरएनए आईसीसी र शान्ति नेपाली समाज बेलायतद्वारा त्यहाँका नेपालीहरुलाई सहयोग प्रदान गरिएको थियो । लामो समयसम्म बेरोजगार भएका कारण आफ्नो खर्च धान्न समस्यामा परेकालाई स्थानीय मनकारी व्यक्तिहरुले विभिन्न किसिमको सहयोग पुर्याएको प्रवक्ता विकास सुमनले जानकारी दिए । टर्कीमा हाल कोरोना संक्रमित कुनै पनि नेपाली नरहेको र ५ जना संक्रमित निको भएर घर फर्किसकेको पनि सुमनले बताएका छन् । टर्कीमा कोरोना संक्रमित एक नेपालीले भने आत्महत्या गरेका थिए ।
टर्कीमा कुनै पनि कुटनीतिक निकायको व्यवस्था नभएको हुँदा त्यहाँको समस्याको बारेमा पाकिस्तानस्थित नेपाली राजदूतावासले हेर्दै आएको छ ।
हाल विश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड १९) का कारण संकटमा परेका टर्कीका थुप्रै नेपालीहरु टर्की शाखाको गठनपछी लाभान्वित हुने संघले बताएको छ । टर्कीमा कोरोना भाइरसका कारण ५ हजार ४ सय ७५ जनाले ज्यान गुमाइसकेका छन् । तेस्तै कोरोनाबाट २ लाख १८ हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा